यस पटकको चुनावको गन्तब्य के हो?

विशेष परिस्थितिमा हुन गै रहेको यस पटकको चुनावको गन्तब्य आवधिक चुनावको भन्दा पक्कै फरक छ। सरासर रूपमा हो भने २०८४ मा हुनु पर्ने थियो यो चुनाव तर त्यसो भएन। किनभने यस भन्दा अगाडि भएका निर्वाचनबाट छानिएका प्रतिनिधिहरूले आशातीत रूपमा सुशासन दिन सकेनन्, भ्रष्टाचार नियन्त्रण हुन सकेन भनेर यसको बिकल्प खोजिएको अवस्थामा यो चुनाव हुन गै रहेको छ। त्यसैले यस पटक हुन गै रहेको निर्वाचनले त्यस्ता प्रतिनिधिलाई नीति निर्माण गर्ने ठाऊ(संसद) मा पठाउनु पर्ने देखिएको छ जसले सुशासन, सहज डेलिभरी र भ्रष्टाचार नियन्त्रण गर्ने ठोस नीति ल्याउन सकोस्।
Advertisement 1
त्यसै गरी विगतमा भएका निर्वाचनमा देखिएका विकृति र विसंगतिलाई पनि यस पटक हुन गै रहेको निर्वाचनले हटाउन सक्नु परेको छ। यस सन्दर्भमा ती विकृतिहरू समेत केलाउन आवश्यक देखिन्छ।
सबभन्दा ठूलो विकृति हो- राज्यका अंगहरूमा राजनीतिकरण। सरकारमा रहने र प्रतिपक्षमा रहने कुनै पनि दलले लाजै नमानीकन संवैधानिक नियुक्तिमा भागबण्डा गरे।
त्य
सै गरी पार्टी पार्टी बीच गठवन्धन गरेर निर्वाचनमा गएर दलको दर्शन र नीतिलाई तिलान्जली दिए र यसो हुनुको पछाडि निर्वाचन प्रणालीलाई जिम्मेवार बनाए।
Advertisement 2
सुशासनको नाममा आफ्ना झोलेहरूलाई पोसे र राजनीतिक नियुक्तिहरू खुल्लंखुल्ला बिक्रीमा राखे। टेबुल मुनीबाट मात्रै हैन टेबुल माथिबाटै हाकाहाकी लेनदेन सकृय रह्यो, यस्तो प्रवृत्तिको विरोध गर्नेहरू साईवर अपराधी ठहरिए।
यी र यस्ता किसिमका अपराधहरू बढ्दै जादा देशका यूवाहरूमा धैर्यताको बांध फुट्न गएर भदौ २३ मा सडकमा छताछुल्ल भयो र यसैको निहुंमा भदौ २४ को विद्रोहले देशमा ठूलो जनधनको क्षति हुन पुग्यो।
Advertisement 3
यो पृष्ठभूमिमा हुन गै रहेको फागुन २१ को चुनावले देशका उक्त विकृति र विसंगतिलाई अन्त्य गर्ने अपेक्षा गरिएको छ।
चुनाव आफैमा एउटा माध्यम हो, एउटा परीक्षा हो जसले सही प्रतिनिधिको छनौट गर्छ तर त्यो चुनावी महायज्ञ वा परीक्षामा कस्ता दल, कस्ता उम्मेद्वार सहभागी भएका छन् तिनीहरूको क्षमता र मतदाताको उम्मेद्वार छान्न सक्ने क्षमतामा संसदको क्षमता आधारित हुने कुरा पक्का हो। परीक्षाको यो घडीमा अरूको बहकाऊमा नलागि आफ्नो विवेक प्रयोग गरेर प्रतियोगितामा आएका उम्मेद्वारको छनौट गर्नु मतदाताको कर्तब्य हो।
यतिहुदा हुदै पनि प्रतिनिधिसभको ४०% सदस्यहरू समानुपातिकका नाममा पुरानै ढर्राबाट छानिई सकेका हुदा मतदाताको विवेक पूरा रूपमा प्रयोग हुन सक्ने त देखिएन तै पनि जे जति ठाऊमा विवेक प्रयेग गर्न सकिऱ्न्छ त्यसको सदुपयोग गरेर निर्वाचन सफल बनाउनु आजको आवश्यकता हो।
अब यस पटक चुनावी प्रतिस्पर्धामा गएका दलहरूको पनि समीक्षा गरौं।
यो निर्वाचनमा मुलुक भर ६८ राजनीतिक दल र स्वतन्त्र गरी ३४०६ जना उम्मेद्वारहरू चुनावी मैदानमा देखिए पनि मूलतः यिनीहरूलाई ३ वर्गमा विभाजन गर्न सकिन्छ। यो चुनाव जेन-जीको माग संग जोडिएको र नेता विहीन तवर वा फेस लेस प्रकृतिको यो जेन- जी आन्दोलनको मर्म र भावनालाई स्वीकार गर्नेहरूको संख्या बढी नै छ तर यो आन्दोलनलाई देशमा आगोलगाउनेहरूको समूह हो भन्नेहरू पनि यी मध्ये नै पर्ने हुदा यही आधारमा यो विभाजनको रेखा कोरिएको छ।
पहिलो विभाजनमा राजनीतिक गन्तब्य, अर्थ नीति र परराष्ट्र नीतिको अलमलमा परिरहेका तर जेन जी आन्दोलनको नाम मात्र भट्याएका दललाई एक समूहमा राख्न सकिन्छ। यो दल सामाजिक सन्जाल र मिडियाको माध्यबाट जेन जी का मागलाई सम्बोधन गर्ने सस्तो लोकप्रीयताका माध्यमबाट विना ठोस नीति र कार्यक्रमलाई अगाडि सारेर चुनावमा होमिएको छ।
दोश्रो वर्गीकरणमा आफ्ना हरेक नीति र कार्यक्रममा जेन जीको मागलाई समावेश गरेर आफ्नो राजनीतिक, आर्थिक र वैदेशिक नीति स्पष्ट राखेर पूर्णत लोकतान्त्रिक मूल्य र मान्यता सहित सांगठनिक तवरले नयां र पुरानो पुस्ताको संयोजन गरेर अगाडि बढेको यूवा पुस्ता रहेको छ।
तेश्रो वर्गीकरणमा त्यस्तो अवधारणा बोकेको पार्टी वा नेता पर्छन् जसले त्यो आन्दोलको मर्म र भावनालाई कुल्चेर देश जलाउने समूह भनेर चित्रित गरेको छ।
यी प्रसंगमा भदौ २३ र २४ को आन्दोलनको मर्म र भावनालाई संख्यात्मक र गुणात्मक रूपमा बोकेका राजनीतिक दलहरूलाई संसदमा पुर्याउनु समस्त मतदाताको कर्तब्य हुन आउछ। यसैले यी तथ्यलाई ध्यानमा राखेर कसैको बहकाउमा नलागी मतदान गर्न समस्त मतदातामा अपिल गरिन्छ।














