अदालतले हराए पनि नेपाली जनताले केपी ओलीलाई जिताउने छन् :- महेश बस्नेत
ओली पक्षधर नेता महेश बस्नेतले प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्। बुधबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै उनले भने,सर्वोच्च अदातलको फैसला यो ढंगले आइसकेपछि परिस्थिति नयाँ मोडमा गएको पनि सुनाए । उनले भने,आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ तर, अदालतको यो फैसला विवादित फैसला हो। सर्वोच्चको फैसला जनताको भावनाअनुसारको फैसला होइन, यसले लोकतान्त्रिक पद्धतिलाई स्वीकार गर्दैन।’ सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ। सर्वोच्चले मनमहोन अधिकारीलाई पनि हराएको थियो, तर मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्, नेपाली जनताको मनबाट कहिल्यै हराएनन्।’ अदालतले प्रधानमन्त्री ओलीलाई हराएपनि नेपाली जनताले जिताउने नेता बस्नेतको जिकिर छ ।
Advertisement 1
सर्वोच्च अदालतको फैसला यो ढंगले आउँछ भन्ने हामीले अनुमान गरेका थिएनौं। पछिल्ला चार पाँच दिन यता हामीलाई केही शंका लागेको थियो। तर, यो ढंगले आउला भन्ने हाम्रो अनुमान थिएन् ।