चितवनमा २ अस्थायी मतदान केन्द्र

चितवन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ २ अस्थायी मतदान केन्द्र थपिने भएका छन्। निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो।
Advertisement 1
कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका लागि जिल्ला समन्वय समितिमा अस्थायी मतदान केन्द्र राख्न लागिएको निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।
कारागारमा ११५ जना मतदाता रहेका छन्। जिल्लामा २ हजार ९७६ कर्मचारी निर्वाचनमा खटिने छन्।
Advertisement 2
यहाँ स्थायी मतदान केन्द्र ४९४ वटा कायम गरिएकामा अस्थायी मतदान केन्द्र स्थापना भएसँगै मतदान केन्द्र ४९६ पुगेका छन्। कार्कीका अनुसार जिल्लामा १६२ मतदानस्थल कायम गरिएकामा २ स्थल थपिएको छ। जिल्लाका ३ वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्। यसमा २ लाख १७ हजार ३१४ पुरुष र २ लाख २४ हजार ७६६ महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन्।














