प्रधानन्यायधीशकैमा बिघटनको मुद्धा
प्रतिनिधि सभा पुनःस्थापनाको मागसहित परेका १९ वटा रिट रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ ।
Advertisement 1
बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरको ३० वटा रिट परेका थिए ।आज अधिवक्ता वीरभद्र जोशी, अजय बुढाथोकी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, बद्रीराज भट्ट, नीतिका ढुंगाना, लोकेन्द्रबहादुर ओली, इन्द्रप्रसाद अर्याल, उमेश प्रसाद, दिनेश त्रिपाठी, चन्द्रप्रसाद लुइटेल, कृष्ण तिमिल्सिना, दीपक राई, दिपकराज कँडेल, सुलभ खरेल, धनजित बस्नेत, कृष्णप्रसाद भण्डारी, राजाराम घिमिरे, यज्ञमणी न्यौपानेका रिटमाथि सुनुवाई हुनेछ ।
Advertisement 2
बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेश हुनेछन् । देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोमा रिटमा परमादेशमार्फत सपथको बाटो खुला गर्न माग गरिएको छ ।
देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरे पनि दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
Advertisement 3
त्यसपछि कांग्रेससहित विपक्षी ५ दलका सांसद प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्च गएका थिए ।