कुलमान हटाएको २ दिनसम्म लोडसेडिङ भएन, सांसदहरुको अनावश्यक तमासा

वविस लम्साल, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका विवादित प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको २ दिन दिन भइसकेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चरम विवादमा तानिएका घिसिङलाई बर्खास्त गरेर उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको बुधबार २ दिन पुग्दा पनि लोडसेडिङ भएको छैन।
Advertisement 1
प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पनि लोडसेडिङ कुनै पनि हालतमा नहुने र दीर्घकालीन फाइदा हुनेगरी विद्युत् व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। मंगलबार दिउँसो प्राधिकरणमा घिसिङ उपस्थित भएनन्। मंगलबार नै साँझ कार्यभार सम्हाल्दै नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले लोडसेडिङ कुनै पनि हालतमा हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै सर्वसाधारणलाई विश्वस्त रहन अनुरोध गरेका छन्।
प्राधिकरणमा शाक्यले पदभार ग्रहण गर्नुभन्दा पहिले कुलमान प्राधिकरणमा अनुपस्थित हुँदा पनि लोडसेडिङ भएन र शाक्यको पदभार ग्रहणपछि पनि लोडसेडिङ भएको छैन। तर, जनताका प्रतिनिधि ‘माननीय’हरुले भने अनावश्यक तमासा गरिरहेका छन्।
Advertisement 2
बुधबार बिहानका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा राप्रपा, माओवादी र रास्वपाका सांसदहरुले कुलमान घिसिङलाई किन हटाइएको भन्दै संसद् अवरुद्ध गरे। ज्ञानेन्द्र शाही, शक्ति बस्नेतलगायतका सांसदले कुलमानलाई हटाउने सरकारी निर्णयको चर्को विरोध गरेर बुधबारका लागि बोलाइएको संसद् अवरुद्ध गरेका छन्। अब संसद् बैठक बिहीबारका लागि बोलाइएको छ।
रमाइलो के छ भने, पूर्व ऊर्जा मन्त्रीसमेत रहेका माओवादी सांसद शक्ति बस्नेतलाई त कुलमानका सबै गैरकानुनी गतिविधि थाहा छ। प्राधिकरणमा आफूपछि अर्को एमडी आउनेसमेत ख्याल नगरी घिसिङले गरेका बलजफ्तीहरुबारे शक्ति बस्नेत राम्ररी जानकार छन्।
Advertisement 3
तैपनि उनले आफ्नो पार्टीप्रति मतदाताको धारणा सकारात्मक होस् भन्ने उद्देश्यले कुलमानको समर्थन गरिरहेका छन्। यता कुलमान घिसिङले माओवादी बदनाम भएको र जनमत समेत राम्रो नभएकाले भविष्यमा राजनीति गरे पनि रास्वपाबाट राजनीति गर्ने धारणा बनाएका उनी निकटहरु बताउँछन्।
यत्रो लामो समय माओवादीले जोगाएका कुलमानलाई राप्रपाले पनि जोडदार समर्थन गरिरहेको छ। अर्को रमाइलो- ‘राजा आउ देश बचाउ’ भन्दै माओवादीको चर्को आलोचना गर्दै आएका ज्ञानेन्द्र शाही पनि लोडसेडिङ हुने/नहुने भन्दा माओवादी (अहिलेसम्म)का खत्रा ‘क्याडर’ कुलमानको बचाउमा लागेका छन्। मुख्य कुरा लोडसेडिङ हुने/नहुने भन्नेभन्दा पनि एक जना कर्मचारीलाई हिरो बनाउने कुरा सुहाएन। त्यो पनि माननीयको मर्यादाले संसद नै अवरुद्ध गरेर एक जना कर्मचारीलाई हिरो बनाउने कुरा अशोभनीय नै हो।
कुलमानको बचाउ गर्दा हितेन्द्रमाथि अन्याय हुने कुरा माननीहरुले बिर्सेका छन्। उसो त यसअघि सरकारले हितेन्द्रको कुलमानलाई ल्याउँदा न्यायका लागि ४ वर्षसम्म अदालत धाएका हितेन्द्रबारे कोही सांसद पनि बोलेनन्।
कुलमानको लोकप्रियताको सिकार बनेका हितेन्द्र