७२ वर्षमा भुजेललाई नागरिकता

तनहुँ। बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्।

Advertisement 1

लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए।

प्रकाशित :२०८२ फाल्गुन ६, बुधबार १२:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry