रामेछापमा बस दुर्घटना, ४ जनाको मृत्यु

रामेछाप। रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए।

Advertisement 1

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनीको यातायातको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

रामेछापका प्रहरी नायव उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित :२०८२ माघ २७, मंगलवार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry