वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो

पर्सा। वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा रु ७ अर्ब ६४ करोड मूल्यपर्ने सात थरिका दलहनजन्य खाद्यान्न भित्रिएको छ। गत आर्थिक वर्षको ६ महिनामा रु १ अर्ब ८० करोड बढी मूल्यको दलहन खाद्यान्न भित्रिएको हो।

Advertisement 1

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको ६ महिनाको तुलनामा चालु आवको छ महिनामा ३१ प्रतिशतले आयात बढेको बताए। जबकि गत आवको ६ महिनामा भने सात थरिका दलहन खाद्यान्न रु ५ अर्ब ८३ करोडको आयात भएको थियो। चालु आवको ६ महिनामा रु ३ अर्ब ८२ करोडको मुसुरो दाल आयात भएको छ।

त्यस्तै सोही अवधिमा रु १ अर्ब १७ करोड मूल्य पर्ने सिमी÷राज्मा आयात भएको छ। चालु आवको ६ महिनामा रु १ अर्ब १४ करोड मूल्यको चना आयात भएको छ।

Advertisement 2

त्यसैगरी, रु १ अर्ब मूल्यको अन्य गेडागुडी आयात भएको छ। रू २७ करोडबराबर रहरको दाल र रु १६ करोड मूल्यको केराउ आयात भएको छ। त्यस्तै रु ५ करोड १० लाख मूल्यका बकुल्लाको आयात भएको छ।

प्रकाशित :२०८२ माघ १८, आईतवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry