बाँकी परीक्षा साउन भित्र लिने त्रिभुवन विश्वविद्यालयको तयारी
शुक्रबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी विच बसेको बैठकले कोभिड १९ का कारण सञ्चालन गर्न नसकिएका बाँकी रहेका सम्पुर्ण परीक्षा साउन भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
Advertisement 1
विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको अहिले सम्म अघिल्लो वर्षको परक्षिा सञ्चालन गर्न सकेको छैन, तर पहिलो वर्षको परीक्षा दिन नपाए पनि विद्यार्थीहरु अनलाइन मार्फत दोस्रो वर्षको पठनपाठनमा जोडिएका छन ।
विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षाका बाँकि परीक्षा साउन भित्र सम्पन्न गर्ने पदाधिकारी विच प्रारम्भिक छलफल भएको बताएका छन् । परीक्षा कुन विधिबाट सञ्चालन गर्ने,कसरी सञ्चालन गर्ने भन्ने विषयमा अर्को बैठक आईतबार बसेर विस्तृत छलफल गरिने जोशीले जानकारी दिए ।
Advertisement 2
परीक्षा यसरीनै सञ्चालन गर्ने भन्ने कुनै निर्णय नभएको र आइटी लगायतका विज्ञसँग छलफल गरेर अनलाइन बाटै परीक्षा सञ्चालन गर्ने की अरु कुनै विधिबाट सञ्चालन गर्ने भन्ने कुरा शुक्रबार भित्र निर्णय गरी याही हप्ता सूचना जारी गरिने जानकारी नियन्त्रक जोशीले दिए ।