सवारी दुर्घटनामा १ जनाको मृत्यु

मङ्गलबारे। इलामको देउमाईमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो।

Advertisement 1

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिइन्। गम्भीर घाइते भएका निजको अस्पताल पु¥याउने क्रममा बाटामा मृत्यु भएको हो।

प्रकाशित :२०८२ माघ ८, बिहीबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry