प्रधानमन्त्री पनि शीतल निवासमा,राष्ट्रपति कुर्दै विपक्षी नेताहरु

आफ्नो पक्षमा बहुमत १४९ सांसद रहेको हस्ताक्षरसहित शितल निवास पुगेका विपक्षी नेताहरु अहिले त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिक्षा गरिरहेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेस ६१,माओवादी ४९,माधव नेपाल खेमा २७,उपेन्द्र यादव खेमाका १३ सांसदको हस्ताक्षरसहित शितल निवास पुगेका उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग त्यहाँ अर्काे कोठामा छलफलमै रहेका कारण राष्ट्रपतिको प्रतिक्षा गरिरहेका छन् ।
विपक्षी दलका नेताहरु शितलनिवास पुग्नु अगावै त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति कार्यालय शितल निवासमा पुगेका हुन् ।प्रधानमन्त्री ओली भने आफूसँग १५३ सांसद रहेको दावा सहित शितल निवास पुगेका हुन् ।

प्रकाशित :२०७८ जेठ ७ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]