सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, १ माघः स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। विगत ४ दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल रु ५ हजार ४८५ कायम भएको छ।
बुधबार एक तोला सुन रु २ ७८ हजार र त्यति नै चाँदीको मोल रु ५ हजार ६५५ मा कारोबार भएको थियो। मङ्गलबार १ तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो।
Advertisement 2
गत आइतबार प्रतितोला रु २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर २ लाख ७४ हजार ७०० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















