विशेष महाधिवेशनपछि काँग्रेसको नेतृत्व पुनर्गठनः नयाँ केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार

काठमाडौं। नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व पुनर्गठन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले बहुमतका आधारमा नयाँ नेतृत्वलाई सर्वसम्मत रूपमा पारित गरेको हो।
Advertisement 1
महाधिवेशनको निर्णयअनुसार पार्टी सभापतिमा गगन थापा निर्वाचित भएका छन्। नेतृत्व परिवर्तनसँगै काँग्रेसले संगठनात्मक पुनर्संरचना र राजनीतिक दिशाबारे नयाँ मोडमा लाने र सुधारिएको काँग्रेस बनाएर देखाउने प्रतिवद्धता गरेको छ।
त्यस्तै, उपसभापति पदमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्।
Advertisement 2
सहमहामन्त्री पदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यअनुसार विभिन्न समुदाय र क्षेत्रबाट नेताहरू चयन गरिएको छ। महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, खस–आर्य समूहबाट उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिम समुदायबाट फरमुल्लाह मन्सुर, थारु समुदायबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै कर्णबहादुर बुढा सहमहामन्त्रीमा चयन भएका हुन्।
congress name list














