सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। ४ दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ७८ हजार र त्यति नै चाँदीको मोल रु ५ हजार ६५५ कायम भएको छ।

मङ्गलबार १ तोला सुन रु २ लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु ५ हजार ३४० मा कारोबार भएको थियो।

Advertisement 2

गत आइतबार प्रतितोला रु २ लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा रु चार हजार १००ले बढेर २ लाख ७४ हजार ७०० कायम भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला रु ४ हजार ९९० मा खरिदबिक्री भएको १ तोला चाँदी हिजो रु ५ हजार १९५ मा किनबेच भएको थियो।

Advertisement 3

अमेरिकी डलरको उतारचढाव तथा विश्वव्यापी आर्थिक अनिश्चितताका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको व्यवसायीहरूले बताएका छन्।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६३५ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ पुष ३०, बुधबार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry