अन्तराष्ट्रिय ब्यापार: ऐतिहासिक सिंहावलोकन

अन्तराष्ट्रिय व्यापार परिचय:
अन्तराष्ट्रिय ब्यापार भनेको कुनै देशले उत्पादन गरेको बस्तु वा सेवा अन्तराष्ट्रिय बजारमा प्रवेश गराई विनिमय गरी मुद्रा आर्जन गर्न अपनाई कृयाकलापहरुलाई जनाउँदछ। जस अन्तर्गत वस्तु उत्पादन गर्न कच्चा पदार्थको जोहो गर्ने, प्रविधि र ज्ञानको प्रयोग गरी कच्चा पदार्थलाई उपयोग योग्य वस्तु वा सामान को रुपमा उत्पादन गर्ने र उत्पादित वस्तु वा सेवालाई ग्राहक सम्म पुर्याउने कामहरु पर्दछन्।
Advertisement 1
अन्तराष्ट्रिय व्यापार ऐतिहासिक परिदृश्य:
अन्तराष्ट्रिय व्यापार विशेषगरी समपत्ति आर्जनको लागि गरीन्छ। महान अर्थशाष्त्री आदम स्मिथले आफ्नो किताब Wealth of Nation मा कुनै पनि समाज वा राष्ट्र धनि हुन ब्यापारमा सामेल हुनुपर्दछ भन्ने व्यहोरा उल्लेख गर्नुभएको छ। आज जापान, चिन, अमेरिका किन समृद्ध छन् भने उनिहरुलाई व्यापारले समृद्ध बनाएको छ। फेरी व्यापार त तेत्तिकै हुँदैन, व्यापार हुनको लागि श्रोत चाहिन्छ र श्रोतलाई निवेशको रुपमा प्रयोग गरी पैशा, कच्चा पदार्थ, मेशिन, मानव र व्यवस्थापनको समुचित प्रयोगबाट उत्पादन दिने गर्दछ। जब कसैले सामान उत्पादन गरी आपूर्ति गर्दछ भने त्यसको सट्टामा पुँजी प्राप्त गर्दछ, जसलाई धन आर्जनको प्रमुख श्रोत मान्ने गरीन्छ।
अन्तराष्ट्रिय व्यापार को ऐतिहासिक पक्ष केलाउँदा हामि १६औँ शताब्दिमा फर्कनुपर्दछ। त्यसबेला व्यापारमा सँलग्न देशहरुले आफुले उत्पादन गरेको सामान पानीजहाजबाट ढुवानी गरी अन्य देशका नागरीक वा सरकारलाई जबरजस्ती खरिद गर्न लगाउने प्रचलन हुँदै ब्यापारको क्रमविकाश सुरु हुन थाल्यो। त्यसबेलाको १६ औँ शताब्दीबाट लिखित काजगातको प्रचलन सुरु हुन थाले देखि Portugal (Before 16th Century), Spain (16th century), Dutch (17th century), त्यसपछि French र British (2018-19th Century) हरुले विश्व ब्यापारमा आफ्नो प्रभुत्व जमाएको थिए। आधुनिक युगमा यसलाई प्रथम विश्वयुद्ध पछि व्यापारमा सँलग्न भएर धनि भएको राष्ट्रको रुपमा अमेरिकालाई लिन सकिन्छ। जसलाई हतियारको ब्यापार अथवा युद्ध अर्थतन्त्रबाट धनि भएको आरोप पनि लाग्दछ।
Advertisement 2
दोस्रो विश्वयुद्ध लगभग पक्ष राष्ट्रहरुले जित्ने निश्चित भएपश्चात विश्व अर्थतन्त्रलाई पुनसँरचना गर्न प्रख्यात बेलायति अर्थशास्त्री John Maynard Keynes को सल्लाहमा बेलायती प्रधानमन्त्री Winston Churchil र अमेरिकि राष्ट्रपति Franklin D Roosevelt बीच युद्धले गर्दा ध्वस्त भई लगभग १९३२ को महा मन्दी को तहमा पुगेको युरोपेलि अर्थतन्त्रलाई माथि उठाउन अमेरिकाको Bretton Woods भन्ने ठाउँमा ब्यापक छलफल भयो र सन् १९४४ को जुलाई महिनामा British Economist John Maynard Keynes र American Economist Harry Dexter लगायतको सँलग्नतामा भएको अर्थशास्त्रीहरुको सम्मेलनले नगद प्रवाहको नियमन गर्ने सँस्थाको रुपमा International Monetary Fund (IMF) को स्थापना गर्ने प्रस्ताव सफारिस गर्यो भने पुँजि कहाँबाट र कसरी प्राप्त गर्ने भन्ने विषयको छलफल हुँदा, सोहि सम्मेलनबाट पुँजि प्रवाह गर्ने निकायको रुपमा विश्व बैँकको स्थापना गर्न सिफारिस गर्यो। साथै, विश्व बैँकलाई सहजीकरण गर्न यसका पाँच सहायक अँगहरु समेत स्थापना गरीए। विश्व बैँकले नगद प्रवाहलाई नियमन गर्न थाल्यो भने प्रवाहित पुँजिको मूल्यलाई नियमन गर्ने काम अन्तराष्ट्रिय मुद्रा कोष (IMF) ले गर्न थाल्यो। यि दुवै निकायको सँक्षिप्त परिचय निम्नानुसार विवेचना गरीन्छ।
अन्तराष्ट्रिय मुद्रा कोष (IMF)
बेलायत, फ्रान्स लगायतको देशहरुले युद्धताका अमेरिकासँग हतियार किनेका थिए, उनिहरुसँग पैशा र सुनको भण्डार सकिएको थियो, यता अमेरिकासँग पैशा र प्रविधि दुवै थियो, त्यसकारण युरोपसँगको हरेक वार्ता मा उसको हात माथि पर्न गयो। Bretton Woods सम्मेलन पश्चात व्यापार मा हुने विनिमयलाई सहजिकरण गर्न अमेरिकि डलरलाई लाई मापक मुद्रा को रुपमा लिन थालियो। अथवा व्यापारमा विनिमय मुद्राको रुपमा मान्न थालियो र आजपर्यन्त सँसारका सबै देशहरुको आ-आफ्नै मुद्रा अस्थित्वमा रहेको भएतानि डलरलाई आधार रेट मानेर अन्य मुद्राहरु विनिमय गर्ने गरीन्छ। मुद्रा विनिमय गर्न मानक मुद्रा अथवा आधार विनिमयको रुपमा अमेरिकि डलर प्रचलनमा रहेको छ। त्यसबेलाको पूजिवादी कित्तामा उभिएका देशहरु बीच हुने व्यापारमा प्रयोग हुने मुद्राको विनिमय दर को नियमन गर्ने काम अन्तराष्ट्रिय मुद्राकोषबाट हुन थाल्यो।
Advertisement 3
विश्व बैँक (WB)
युद्धले ध्वस्त अर्थतन्त्र उकास्न र पुँजिपति देशहरुमा हुने पूँजि प्रवाहलाई नियमन र सहयोग गर्न विश्व बैँकको स्थापना भयो। विश्व को काम ५ वटा हाँगाहरुमा विभाजन गरी कार्य सम्पादन गर्न थालियो। उक्त पाँचवटा हाँगाहरुमा हरुमा IBRD (International Bank for Reconstruction and Development, 1944), IFC (International Financial Cooperation, 1956), IDA (International Development Association, 1960), ICSID (International Center for Settlement of International Disputes, 1965), MIGA (Multilateral Investment Guarantee Agency, 1988) मा स्थापना भई आफ्नो कार्य गर्न थाल्यो।
व्यापार र सीमाकर सम्बन्धि सम्झौता (GATT)
दोस्रो विश्वयुद्धको समाप्त भएपछि सँसार दुई ध्रुवको रुपमा अगाढी बढ्न थाल्यो, पुँजिपति देशहरुको नेतृत्व अमेरिकाले गर्न थाल्यो भने समाजवादि देशहरुको नेतृत्व त्येस बेलाको सोभियत सँघले गर्न थाल्यो। यता अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैँलेले सँस्थागत रुप लिन लागेपछि युरोप भरी उध्योग स्थापना हुन गई सामान उत्पादन हुन थाल्यो र सामान बजारमा गएपश्चात उक्त सामानशरु एक देशबाट अर्को देशमा विक्री गर्न लैजादा कति कर लगाउने भन्ने विषय उठ्न थाल्यो। कर निर्धारण गर्ने आधार तय गर्नुपर्ने भयो किनभने सबै देशहरु सामान निर्यात गर्न चाहान्थे। यसरी कर निर्धारण र नियमन गर्ने र निर्यातलाई सहजिकरण गर्ने सँस्थाको आवश्यकता महशुस हुन थाल्यो। युरोपका पुँजिवादी देशहरु बीच कर के कति लगाउने र देशहरुबीच भेदभावरहित व्यापारको सुनिश्चितता गर्ने विषयमा छलफल हुन थाल्यो। सोहि छलफलको निचोडको रुपमा अमेरिकाको नेतृत्वमा सन् १९४७ मा अमेरिकाको Bretton Woods भन्ने ठाउँमा व्यापार र सीमाकर सम्बन्धि सम्झौता (GATT) भई सँस्थाको रुपमा आकार ग्रहण गर्यो।
GATT बाट विश्वबैँक सम्मको संक्रमण:
IMF, WB र GATT जस्ता सँस्थाहरुको स्थापना पश्चात युरोपमा व्यापार बढ्यो तर राजनैतिक रुपमा सँसार दुई ध्रुवमा बाँडिएको थियो। सन् १९७५ पछि पुँजिपति देशहरुको सामान भारी मात्रामा उत्पादन हुन थाल्यो तर बजारको आयतन कम हुन थाल्यो। सँसार धुई ध्रुवमा विभक्त भएको थियो, पुँजिपति देशहरुले ४५ प्रतिशत सँसारमा अथवा कम्युनिष्ट ब्लकमा बाँडएको देशहरुमा व्यापार गर्न पाएको थिएन। सोहि समयमा केहि देशहरुले असँलग्न आन्दोलन समेत चलाईरहेका अवश्था थियो। सन् १९८० पश्चात विश्व राजनितिमा ठुला परिवर्तनहरु हुन थाल्यो। बर्लिनको पर्खाल भत्कियो र पुर्वि र पश्चिम जर्मनि एकिकृत जर्मनिमा रुपान्तरण भयो र सन् १९९१ मा सोभियत रुस (USSR) ढलेपश्चात सँसार दुई ध्रुविय बाट एक ध्रुवियमा रुपान्तरण भयो जुन एक ध्रुविय सँसारको नेतृत्व अमेरिकाले गर्न थाल्यो, फलस्वरुप पुर्वी युरोपेलि देशहरुमा केहि हदसम्म लोकतान्त्रिक अध्यास सुरु हुन थाल्यो र उनिहरुले प्रतिस्प्रधामा आधारित बजारमा आधारित अर्थतन्त्रलाई विश्वास गर्दै GATT मा आवद्ध हुन निवेदन दिन थाले परिणामस्वरुप ती देशहरुमा पश्चिमाले उत्पादन गरेको सामानहरु प्रवेश हुने मौका पायो र एक हदसम्मम पश्चिमाको व्यापार वा GATT सँसारभर फैलियो। यही विकाशको फलस्वरुप सन् १९९५, जेनवरी १ मा युगाण्डाको माराकसमा भएको विश्वको मन्त्रीस्तरीय बैठकले GATT लाई विधिवत् रुपमा विश्व व्यापार सँगठन (WTO) मा रुपान्तरण गर्यो।
उपसँहार
विश्व ब्यापारको लागि सहजिकरण गर्न उपरोक्त सँस्थाहरुले आफ्नो कार्य विस्तार गर्न थालेपछि, पुँजिमा धनि देशहरु (America, Japan, Sweden, Finland, Germany) लगायतका देशहरुले श्रमिकबाट धनि देशहरु (India, Indonesia र China) मा दोस्रो श्रेणिको अध्योगहरु स्थापना गरी आफुले वातावरण मैत्री उध्योगहरु स्थापना गर्न थाले। पुँजिबाट धनि देशहरुले, श्रमिकले धनि देशहरुमा उध्योग स्थापना गर्न सहजिकरण गर्ने काम र त्येस देशको उध्योग मैत्री वातावरणको अवश्था जाँच बुझ गर्ने काम विश्व बैँकले गर्न थाल्यो भने त्यसरी प्रवाह भएको पुँजि कुन दरमा सट्टापट्टा गर्ने र मुद्राको मूल्यलाई नियमन गर्ने काम अन्तराष्ट्रिय मुद्रा कोषबाट हुन थाल्यो। सँसारमा आधुनिक अन्तराष्ट्रिय व्यापारको जग बसाउन WB, IMF, WTO को सन् १९४४ देखि अधोपान्त प्रमुख एवम् महत्वपूर्ण भुमिका रहिरहेको अवश्था छ। सँसारमा यि सँस्थाहरुलाई आधुनिक विश्व व्यापारको तीन खम्बा भनेर समेत चिनिने गरीन्छ। तर, हाल critics हरुबाट यि Institution हरु Western Nation Aligned भए भन्ने आरोप समेत लाग्दै आएको छ।














