लघुवित्त समस्या बन्ने कि सामधान ?

हामी अहिले हरेक दिन आत्म हत्या, आत्मदाहा, पारिवारिक विखण्डन आदीका समचारका श्रोता तथा दर्शक बनेका छौ । यी धेरै आर्थिक अबस्थाको कारणले हुने गरेका छन् । बैंकको ऋण, साहुको ऋण, लघु वित्तको ऋण लगायत ऋण र ऋणको ब्याजले गर्दा मान्छेलाई मर्न र अपराध गर्न र गराउन बाध्य बनाएको छ । ठूला बैंकहरुले ठूला व्यपारी व्यवसायीलाई समस्यामा पारेको छ भने लघु वित्तले ग्रामीण भेगका मानिसलाई समस्यामा पारी गाँउ शुन्य बनाएको छ । लघु वित्तले आफ्नो लक्ष्य अनुसारको नाफा प्राप्त गरे पनि उद्देश्य अनुसारको सकरात्मक सहानुभुती पनि प्राप्त गरेको छैन । लघुवित्तको उद्देश्य अनुसार काम गरेको भए किन गाँउ शुन्य, परिवार विखण्डन र सामाजिक अपराधलाई बढावा दिईएको छ ? अधिकांश समस्याको जड बनेको छ ग्रामीण भेगका लघुवित्त यो विषय गम्भिर छ ।

Advertisement 1

लघु वित्त त्यस्तो प्रकारको बैंकिङ्ग सेवा हो जसले ग्रामीण क्षेत्रमा बेरोजगार तथा निम्न आय, आर्जन भएका व्यक्ति तथा व्यक्तिहरुको समूहलाई सेवा पुर्याउने कार्य गर्दछ । उल्लेखित जनताहरुलाई भविष्यको लागि बचत गर्ने, व्यपार व्यवसायको लागि सामुहिक जमानतमा ऋण प्रवाह गर्ने र जीवन तथा निर्जीवन बीमा सम्बन्धी सेवा उपलब्ध गराउनु नै लघु वित्तको प्रमुख उदेश्य हो । ग्रामीण भेगमा जनतालाई बैंकिङ्ग सेवा र सेवा सम्बन्धि जनचेतना फैलाउदै बचत गर्ने र लगानीको अभावमा खुम्चिएर बसेका बेरोजगार जनशक्तिलाई परिचालन गर्ने परिकल्पाना सहित स्थापना भएको लघु वित्त गरिबी निवारणको एउटा राम्रो र भरपर्दो अस्त्र हो । यसका सिद्धान्तमा आधारित भएर हरेक देशमा लघु वित्तले आफ्नो बजार तताई रहेका छन् । तर अहिले लघु वित्तले सकरात्मक भन्दा नकरात्मक तरिकाले समाजमा छाप छोडेको छ ।

हाम्रो देशमा पनि यसको प्रयोग, प्रभाव र संचालन राम्रैसँग भएको छ तर बिडम्बना यसको उद्देश्य प्राप्ति लक्षित वर्गले भन्दा संचालकले मात्र प्राप्त गर्न सफल भएका छन् । यसै सन्दर्भमा यहाँ एउटा चाईनिज उखानको सान्दर्भिकतालाई जोड्न चाहन्छु,’मान्छेलाई माछा नदेउ माछा मार्ने बल्छि देउ’हाम्रो समाज र लघु वित्तको थोरै कमजोरीले लघु वित्त माछा प्रदान गर्ने मात्र भएको छ, हुनु पर्ने बल्छि प्रदायक थियो । यही लघु वित्तको कारणले हाम्रो समाज तथा समुदायमा सामाजिक घटनाहरु घटेको दिनानु दिन सुन्दै र देख्दै आएका छौ ।

Advertisement 2

लघु वित्त यसै किसिमले जाने र संचालन हुने हो भने यसको उद्देश्य गरिबी निबारण होईन सामाजिक विकृत्तिको उपज र हत्यारा बन्दै छ । हाम्रो समाज व्याप्त बेरोजगारी, अस्थिर राजनितिक व्यवस्था, उम्रिदो भ्रष्ट्रचार र गरिबीले पिडित छ । लघु वित्तले आफ्नो उद्देश्य अनुसार कम आय भएको र सामाजिक तथा आर्थिक रुपमा माथि उठ्न नसकेको क्षेत्रलाई आफ्नो पकेट क्षेत्र रोजी त्यहाँ आफ्नो सेवा विस्तार गर्ने गर्दछन् । यहाँ उनीहरुले समूह निर्माण बचत, ऋण लगानी र बीमा सम्बन्धी सैद्धान्तिक शिक्षा प्रदान गरी सेवा बिस्तार गर्ने गर्दछन् । समाजमा बसी बसी खान पल्केका हाम्रा दाजुभाई तथा दिदी बहिनीले पहिला यसलाई अबसरको रुपमा लिने गर्दछन् केही समय पछि मोज मस्ती र सुविधाको रुपमा लिई लघु वित्तको गरिबी निवारणको उद्देश्यलाई चुनौति दिई व्यापार व्यवसायको लागि लिईएको ऋण खानपिन गहना र मोजमस्तीमा उडाउने गरेकाले नै लघु वित्तले जस लिन पाएको छैन ।

लघु वित्तहरुले आफ्ने उद्देश्य नाफा आर्जन र पुँजी बृद्धि गर्ने कार्य गरेका छन् तर खास उद्देश्यलाई भने आत्मसाथ गर्न सकेको अबस्था भने छैन । लघु वित्तले ऋण प्रवाह गर्ने र जस्तो हतकण्डा अपनाएर भए पनि ऋण असुली गर्नु कुनै पनि हालतमा राम्रो होईन । ऋणको आवश्यकता, आवश्यकता अनुसारको योजना र ऋण पछिको उसको भौतिक प्रगति आदिको अनुगमन मूल्यांकन गरेर मात्र ऋण प्रवाह गर्ने गरेमा आत्म हत्या, सम्बन्ध विच्छेद, लगायतका सामाजिक अपराधहरु कम गर्न सकिन्छ । यो त आवश्यकता भन्दा मोज मस्ती गर्ने साधन बनेको छ समाजमा ।

Advertisement 3

सरकारले लघु वित्तलाई ग्रामीण क्षेत्रमा पुर्याएको छ, सेवा प्रवाहको लागि तर सेवा प्रवाहसँगै यसले धेरै नकरात्मक विषय वस्तुहरु उठान गर्न बाध्य पारेको छ । कुनै लघु वित्तको समूहमा पैसा निकाल्छ अधिकांश महिलाले गहना बनाउछन् पुरुषले खानपान, मदिरा सेवन तथा जुवा तासमा त्यो पैसा खर्च गर्छन् अर्को महिना तथा हप्ता किस्ता बुझाउने दिन आउछ त्यही गहना आधा पैसामा राखेर तथा चर्को ब्याजदरमा ऋणा खोजेर किस्ता तथा ऋण चुक्ता गर्ने गरेका छन् यो ज्वलन्त उदाहरण हो । अब यसरी बिना उद्देश्य खर्च गरेको रकमले उसको आर्थिक अबस्था कसरी माथि उकासिन्छ ? जब ऋण उद्देश्य बिहिन रुपमा लगिन्छ त्यसको प्रयोग सकरात्मक हुदैन । त्यसैले लघु वित्तहरुले आफ्नो उद्देश्य नाफा आर्जन गर्नु र पुँजी बृद्धि गर्नु मात्र होईन समाजमा रहेको गरिबी निबारणको प्रारम्भ गर्नु पनि हो । लघु वित्त नाफामुखी संस्था भए पनि सामाजिक उत्तरदायित्वलाई पनि नकार्नु हुदैन । सामाजिक अपराधको मूल जरो बन्दै गरेको लघु वित्तले ऋण प्रवाहमा उद्देश्य सहितको योजना र योजनाको प्रभावकारी कार्यान्वयनको मूल्यांकन र अनुगमन पश्चात कर्जा प्रवाह गर्ने व्यवस्था गरेमा मात्र यसमा लाग्दै आएको कलकं मेटिने छ । लघु वित्तकै कारण कसैले आत्म हत्या सम्बन्ध बिच्छेद जस्ता जघन्य अपराध गर्न बाध्य नपारिउन ।

लघु वित्तले समाजमा गरिबीको रेखा मुनि रहेका जनताको आर्थिक हतियार बनोस । गर्वले मलाई यो लघु वित्तले आत्म निर्भर बनायो, मलाई जीवन जिउन सक्ने बनयो, परिवारमा विखण्डन नल्योस आदी सकरात्मक सन्देश दिएको देख्न पाईयोस । लगानी गर्दा लगानी के को लागि गरिदै छ, कसरी गरिदै छ, उद्देश्य र उद्देश्य अनुरुपको काम भएको छ कि छैन यो हेर्नु अनिवार्य गरिनु पर्छ न कि समूह जमानीमा दिने ऋणले हालसम्मको परिणाम हेर्दा अपेक्षित सफलता मान्न सकिदैन ।

कृष्ण वर्मा धुर्कोट-२, पिपलधारा, गुल्मी

email :-krikrisha@gmail.com

 

प्रकाशित :२०७९ माघ २२, आईतवार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम