मेगा बैंकको १०% बोनस र एक्सेल डेभलपमेन्टको ३०% हकप्रद सेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार २ कम्पनीको सेयर सूचीकृत भएको छ । मेगा बैंकको मंसिर २८ गते बसेको वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यसको कुल १ करोड ४६ लाख ५४ हजार ९६४ कित्ता सेयर थपिएको हो ।
Advertisement 1
यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ३० प्रतिशत हकप्रद सेयर पनि सूचीकृत भएको छ । यसको कुल २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । एक्सेलले असोज २५ गतेदेखि कात्तिक २९ गतेसम्म १०ः३ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो ।
प्रकाशित :२०७८ माघ ३, सोमबार १५:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%