सुनको मूल्य ५ सयले बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ। सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement 1
चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ। सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रकाशित :२०८२ बैशाख १६, मंगलवार ११:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%