नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्य समितिको तेस्रो बैठक सम्पन्न

काठमाडौं : सम्पूर्ण कर्मचारीलाई आफ्ना काम, कर्तव्य र दायित्वप्रति जिम्मेवार तथा जवाफदेही बनाउँदै कर्मचारीको पेसागत हकहितको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल निजामती कर्मचारी संगठनले केन्द्रीय कार्य समितिको तेस्रो बैठक सम्पन्न गरेको छ।

Advertisement 1

संगठनको गतिशील जीवनलाई व्यवस्थित गर्ने सन्दर्भमा केन्द्रीय कार्य समितिको तेस्रो बैठक मिति २०८२ पौष १९ र २० गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सम्पन्न भएको हो।
बैठकबाट महासचिव रामचन्द्र अधिकारीद्वारा प्रस्तुत ‘सांगठनिक प्रतिवेदन’ तथा कोषाध्यक्ष यामकुमारी सापकोटाद्वारा प्रस्तुत ‘आर्थिक प्रतिवेदन’ सुझावसहित सर्वसम्मत रूपमा पारित गरिएको छ।

बैठकमा सार्वजनिक प्रशासनमा सेवा प्रवाह, पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारितासम्बन्धी विषयमा सूचना आयोगका पूर्व अध्यक्ष कृष्णहरि वास्कोटाले प्रशिक्षण प्रदान गरेका थिए।
त्यसैगरी, बैठकमा संगठनका १६ केन्द्रीय विभाग, ८ प्रदेश कार्य समिति तथा ११७ जिल्ला तथा विभागीय कार्य समितिहरूको तर्फबाट दोस्रो बैठकपछिका गतिविधि, सदस्यता नवीकरण तथा विस्तार, सेवा प्रवाहमा देखिएका समस्या लगायतका विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत गरिएको थियो।

Advertisement 2

बैठकले समसामयिक तथा विविध विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरेको संगठनले जनाएको छ। केन्द्रीय कार्य समितिको तेस्रो बैठकबाट भएका निर्णयहरू सार्वजनिक गर्ने उद्देश्यले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको संगठनले जानकारी दिएको छ।

बैठकले विभिन्न ६ बुँदामा निर्णयहरू पनि गरेको छ।

तेस्रो बैठकका निर्णय सार्वजनिक पत्रकार सम्मेलन २०८२-०९-२२
प्रकाशित :२०८२ पुष २२, मंगलवार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry