सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’

काठमाडौं। मधेस प्रदेशमा पुस्तान्तरण हुँदै आएको प्राचीन मिथिला कलालाई आधुनिकताको जलप दिएर चित्रकार एस.सी. सुमनले बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘मिथिला कसमस ७ः जर्नी अफ अ पिलग्रिम’ शीर्षकमा आफ्नो एकल कल प्रदर्शनी गरिरहेका छन्।
Advertisement 1
‘तीर्थयात्रीको यात्रा’ मा आधारित रहेर सिर्जित उक्त प्रदर्शनीमा राखिएका चित्रहरूमा संस्कृति, रङ र नारीवादको सुन्दर संयोजन पाइन्छ।
चित्रकार सुमन भन्छन्, “हाम्रो संस्कृतिलाई जोगाएर नयाँ पुस्तासम्म पु¥याउन महिलाहरूको भूमिका महत्वपूर्ण छ, मेरा चित्रहरूमा त्यही पाइन्छ। जहाँ संस्कृति, जीवनी, देशको अवस्था सबैलाई चित्रण गर्ने कोसिस गरेको छु।”
Advertisement 2
उनले यस संस्करणमार्फत कलाको विकासलाई सांस्कृतिक स्मृति र पौरणीक कथाहरूसँग जोडेका छन्। कलामा विविधता र आध्यात्मिकता प्रदर्शनीको सातौँ संस्करणमा उनले आफ्नो भौतिक र आध्यात्मिक तीर्थयात्राका अनुभवहरूलाई क्यानभासमा उतारेका छन्।
“म प्रविधिको सहयोग त लिन्छु तर त्यसमै निर्भर भएर चित्र बनाउँदिन। म चित्र कोर्नु अगाडि त्यसलाई राम्रोसँग बुझ्छु, हेर्छु र त्यसलाई मस्तिष्कमा सङ्ग्रण गर्छु। त्यसपछि म त्यसलाई चित्रमा ल्याउँछु”, उनले भने। प्रदर्शनीमा राखिएको पशुपतिनाथको चित्र कोर्दा आफू २ पटक त्यहाँ पुगेको उनले सुनाए।
Advertisement 3
प्रदर्शनीमा स्वयम्भू, पशुपति, भगवान् गणेश, कृष्ण र रामसीता विवाहका प्रसङ्गहरूसँगै शारदीय नवरात्रमा गरिने ‘नवदुर्गा’ पूजाका चित्र पनि समावेश छन्। “मैले नवरात्र सुरू हुँदा चित्रकोर्न सुरू गरेको थिएँ, दसौँ दिनसम्म आइपुग्दा मैले त्यसलाई पूर्णता दिन सके। मेरो उद्देश्य काठमाडौँ उपत्यका, मधेस र अन्य क्षेत्रका संस्कृतिलाई एउटै क्यानभासमा समेट्नु हो। मैले प्रत्येक चित्रमा मुलुकको विविधतालाई झल्काउने प्रयास गरेको छु। यी चित्रले मेरा मनोविज्ञानलाई प्रतिनिधित्व गर्छन्”, चित्रकार सुमनले भने। प्रदर्शनीमा ३१ वटा कलाकृति समावेश छन्। प्रदर्शनी यही पुस २६ गतेसम्म जारी रहने छ।














