कोरोना संक्रमणबाट ३५ वर्षीय चिकित्सकको मृत्यु

महामारीले फेरी एक जना डाक्टरलाई लगेको छ । सिरहामा एक चिकित्सकको निधन भएको हो । लहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको निधन भएको नगरपालिकाले जनाएको छ ।

Advertisement 1

उनी अस्वस्थ्य भए पनि अस्पताल भर्ना भएका थिएनन् । संक्रमित भएका उनको निधन भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार डा। चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए ।

३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।

प्रकाशित :२०७८ जेष्ठ ४, मंगलवार १७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry