वीरगञ्जबाट ५ महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

पर्सा। वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ५ महिनामा रु ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयले ५ थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा रु ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ।

Advertisement 1

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको ५ महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए।

गत आर्थिक वर्षको ५ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् रु १ अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो। जबकि गत आवको ५ महिनामा भने रु ६९ अर्ब १५ करोड मूल्यका ५ थरिका पेट्रोलियम पदार्थको आयात भएको थियो। चालु आवको ५ महिनामा वीरगञ्ज हुँदै रु ३५ अर्ब ३१ करोड मूल्यको डिजेलको आयात भयो।

Advertisement 2

त्यसैगरी रु १७ करोड ३६ लाख मूल्यको पेट्रोल र रु १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो। त्यस्तै रु ७ अर्ब २५ करोडको एटिएफ र रु १९ करोडको मट्टितेल आयात भएको छ।

प्रकाशित :२०८२ पुष ९, बुधबार १०:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry