बाजुरामा ७ मतदानस्थल थपिए

बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा ७ वटा मतदानस्थल थपिएका छन्। यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान केन्द्र कायम भएका छन्।

Advertisement 1

जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा प्रदेशसभा ‘क’मा बूढीनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को त्रिवेणी नगरपालिकामा मतदानस्थल थप भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी भीमबहादुर शाहीकाअनुसार स्वामीकार्तिक खापर गाउँपालिका–१ मा भगवती आधारभूत विद्यालय रुढी, मण्डाली माध्यमिक विद्यालय खोलीकोट र वडा नम्बर ३ जुकोटलाई फुटाएर शम्भुशुनन्दा माध्यमिक विद्यालय जुकुमा नयाँ मतदानस्थल कायम गरिएको बताए।

Advertisement 2

यसैगरी, बूढीनन्दा नगरपालिका–३ मा मदनआश्रित आधारभूत विद्यालय बड्डाला, हिमाली गाउँपालिका–१ मा सुनन्दा आधारभूत विद्यालय बाम, वडा नम्बर ५ कुलामष्टाजन आधारभूत विद्यालयक्यिुरी र वडा नम्बर ६ खोलीकोट आधारभूत विद्यालयलाई नयाँ मतदानस्थल कायम गरिएको छ।

४ गाउँपालिका र ५ नगरपालिका रहेको बाजुरामा मतदाता सङ्ख्या ८६ हजार ५५७ पुगेको छ। यी मध्ये १ हजार ५१६ जना हालसालै थपिएका हुन्।

प्रकाशित :२०८२ मंसिर १८, बिहीबार १२:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry