सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु १ हजार ३०० ले घटेको छभने त्यति नै परिमाणको चाँदी रु ८५ ले घटेको छ। आज १ तोला सुनको मोल रु २ लाख ४१ हजार ७०० निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १०० कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ मंसिर ५, शुक्रबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry