मुग्लिन–पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी

तनहुँ। मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन्। तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय जना मजदुर खटिएका हुन्।

Advertisement 1

आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक ६ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन्। उनले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिए।

पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे। उनका अनुसार ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९.६१ किमी खण्डमा ४ लेन र ७.७९ किमीमा २ लेन कालोपत्र सम्पन्न भएको छ।

Advertisement 2

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए। उक्त पुलमा ४७.५२ प्रतिशत भौतिक र ४७.९ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ। उहाँले हालसबै सबै ४ वटा पाइलक्याप, १ सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए।

पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर ४ लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किमी कालोपत्र सम्पन्न भएको छ। यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन्।

Advertisement 3

कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१.५ किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५.२ किमी सम्पन्न भएको छ। विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ।

प्रकाशित :२०८२ मंसिर ४, बिहीबार १६:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry