सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ। आज १ तोला सुनको मोल रु २ लाख ४३ हजार निर्धारण भएको छ। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ३ हजार १८५ कायम भएको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा १ औँस सुन ४ हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ मंसिर ४, बिहीबार ११:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry