व्यावसायिक फूलखेतीबाट रु ८ लाख आम्दानी

कैलाली। कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेका छन्।

Advertisement 1

फार्म दर्ता गरेर विगत २ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका ह। २ बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक रु २० लाखसम्मको कारोबार हुने गरेको बताए। आम्दानी राम्रै हुन्छ। कामदारलगायत सबै खर्च कटाएर वार्षिक रु ८ लाखसम्म बचत हुन्छ। बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब रु १० लाखबराबरको कारोबार भएको उनले बताए।

उनले भने, “मूल्य समयअनुसार फरकफरक हुन्छ। फूल प्रतिकिलो रु १ सय ५० देखि पाँच सयसम्म र प्रतिमाला रु ६० देखि रु १ सयसम्ममा बिक्री गर्ने गरिएको छ।” उनले भने, “४ जनाको परिवार छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।”

Advertisement 2

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताए। उनले आफ्नो फार्ममा ८ जनालाई प्रतिव्यक्ति रु ६ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताए। उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताए। फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताए। फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उहाँले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताए।

प्रकाशित :२०८२ कार्तिक ३०, आईतवार १४:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry