दार्चुलामा भूकम्पको धक्का

दार्चुला। दार्चुलामा आज दिउँसो २ः४३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ।
Advertisement 1
शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन। यसअघि गत बिहीबार राति नेपाल–भारत सीमा क्षेत्र भारतको पिथौरागढ जिल्लाको तावाघाट क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।
प्रकाशित :२०८२ कार्तिक २४, सोमबार १६:१३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










