प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरू
प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्। यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए।
Advertisement 1
प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो।
सभामुख अग्नि सापकोटाले मत विभाजनका लागि प्रक्रिया सुरु गरेका हुन् । यससँगै सबै सांसदले आफ्नो मत अभिव्यक्त गर्नेछन् भने त्यसअनुसार ओलीले विश्वासको मत पाउने नपाउने बारे निर्णय आउनेछ ।
Advertisement 2
मतदानका लागि तीनवटा लवीको व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ । ‘हुन्छ, हुन्न र मत दिन्न’गरी तीन स्थानमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
कोरोना संक्रमित सांसदका लागि पनि ल्होत्सेहलमा मतदानको व्यवस्था रहेको बताइएको छ ।
Advertisement 3
प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र बाबुराम पक्षले विश्वासको मतको विपक्षमा उभिने बताएका छन् । एमालेको माधव नेपाल पक्षका सांसद भने अनुपस्थित छ । जसपाको महन्थ ठाकुर पक्षका सांसद तटस्थ बस्ने भएको छ । साना दल नेमकिपा र राष्ट्रिय जनमोर्चा पनि विपक्षमा उभिने भएको छ ।