पहेलो धातुको मूल्यमा ४ दिनदेखि निरन्तर गिरावट

काठमाडौं। यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ। अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो ४ दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो।

Advertisement 1

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु २ लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु २ हजार घटेर रु २ लाख ३९ हजार ९०० मा किनबेच भएको थियो। हिजो मङ्गलबार प्रतितोला रु २ हजार ९०० घटेपछि रु २ लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु ७ सय घटेर रु २ लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य भने बढेको छ। मङ्गलबार प्रतितोला रु २ हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर रु २ हजार ९६५ पुगेको हो।

Advertisement 2

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८२ कार्तिक १२, बुधबार १३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry