रसुवामा सोमबार राति १२ बजेदेखि निषेधाज्ञा
रसुवामा कोरोना संक्रमित बढेपछि रसुवा प्रशासनले निषेधाज्ञा लगाउने भएको छ।
Advertisement 1
रसुवा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले रसुवा क्षेत्रभित्र सोमबार १२ बजे रातिदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालले बताएका छन्। यो अवधिमा अत्यावश्यकबाहेक हिँड्डुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।सर्वसाधारणलाई कतै ननिस्की घर बस्ने आदेश जारी गरिएको छ भने सरकारी कार्यालयहरूमाथिको निर्देशन आलोपालो गरेर सेवा प्रभाव गर्न भनिएको छ।
बैठकले सर्वसाधारण, सरकारी, अर्धसरकारी, सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्था सञ्चालन र पसल तथा व्यवसाय सञ्चालनको लागि तीन बुँदे निर्णय गरेको छ। निर्णय अनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने, नेपाल सरकारद्वारा तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गर्ने, बजार, मेला, महोत्सव, पार्टी, भोज, भतेर लगायतका भिडभाड हुने कार्य नगर्ने नगराउने र कोभिड–१९ को लक्षण देखिएमा वा त्यस्तै प्रकारका अन्य कुनै स्वास्थ्य समस्या देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्था वा स्थानीय तहमा सम्पर्क राख्नु पर्ने छ।