कर्मचारी प्रशासनको बनौटमा कहीँ न कहीँ पुनःविचार गर्नुपर्ने अवस्था छ

अहिले हामी समायोजनको चरणमा छैनौँ । एक किसिमले भन्ने हो भने सैद्धान्तिक रुपले समाधान भइसकेको छ । समायोजनका केही अप्ठ्यारा सामना गरिरहेका छौँ । क्रमशः मन्त्रालय समाधान गर्नेतर्फ गइरहेको छ । कर्मचारी पनि व्यक्ति हुन्, चन्दा पुरस्कारबाट नभई लोकसेवा दिएरै आएका हुन् । उनीहरुसँग गरिएको व्यवहार, कार्यविभाजन, पदस्थापनमा समायोजनले केही ठाउँमा चुनौती सिर्जना गराइदिएको पक्कै हो । यो सवाल समाधानतर्फ उन्मुख छ ।

Advertisement 1

समायोजन हुनुपूर्व केन्द्रमा रहेका २६ हजार ७७३ कर्मचारीले सबै कार्यालय सञ्चालन गरेका थिए । समायोजनमा लैजाँदा ४९ हजार कर्मचारी सङ्घमा मात्रै थुपारेर राख्यौँ । त्यसकारण कर्मचारी प्रशासनको बनौटमा कहीँ न कहीँ पुनःविचार गर्नुपर्ने अवस्था छ । देशका लागि आवश्यक प्राविधिक र गैरप्राविधिक कर्मचारीको सन्तुलन र आवश्यकताको विषयमा गम्भीरपूर्वक सोचिएको छैन । अझै प्राविधिक कर्मचारी अत्यन्तै कम छ जसको अभावमा हाम्रो विकास प्रक्रिया सही ढङ्गले अघि बढ्न सकेको छैन ।

त्यस्तै, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्ने क्रममा प्रशासनको जम्मा एक जना उपसचिव मात्रै स्थानीय तहमा समायोजन भएर गए । सबै हामीले सङ्घमा थुपा¥यौँ । सङ्घ बोझिलो भयो । प्रदेश र स्थानीय तहको खास खास भूमिका छ र त्यहाँ बजेट गइरहेको छ तर, त्यसलाई परिचालन गर्ने यन्त्रको अभाव भयो । यी सबै विषमा गहिरिएर हेर्नुपर्छ । हामी कहाँ पनि चुक्यौं भने नयाँ संविधान जारी भएपछि यो सरकार परिवर्तन नभई प्रणाली परिवर्तन भएको थियो । त्यसका लागि उच्चस्तरीय प्रशासन सुधार आयोगको आवश्यकता थियो । हामीले गर्न सकेनौँ । २०४८ सालको निर्वाचन पश्चात् हामीले उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गरेका थियौँ जसले केही पञ्चायतकालीन संरचना फाल्ने काम ग¥यो । केही नयाँ संरचनाहरु निर्माण भएका थिए । ती सबैलाई ध्यानमा राखेर प्रशासनिक सुधार गर्नुपर्ने आवश्यकता थियो । अहिले पनि कतिपय नयाँ संरचना निर्माण भएका छन् । कतिपय आयोग नयाँ थपिएका छन् । कतिपय पुराना हटाइएका छन् । समष्टिमा विचार गरेर प्रशासनिक पुनःसंरचना हुनु पर्दथ्यो, त्यो गर्न सकिएन । त्यसपछि एकैचोटि कर्मचारी समायोजन गर्न खोज्दा पर्याप्त गृहकार्यको अभावमा कर्मचारी समायोजन हुन पुग्यो । त्यसले के समस्या निम्त्यायो भने जहाँ १० वटा दरबन्दी छ, त्यहाँ २० कर्मचारी खटाइएको छ । अरु ठाउँमा अभाव देखियो । भन्न खोजेको के भने बनौट र वितरणमा सन्तुलन भएन । त्यो जटिलता अहिले पनि हामीले भोगिरहेका छौँ ।

Advertisement 2

प्रकाशित :२०७७ आश्विन २, शुक्रबार ०८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry