सरकार फेरि अध्यादेशतिर, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकपछि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
Advertisement 1
पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्रीको शीतल निवास प्रवेशलाई अर्थपूर्ण ढंगले हेरिएको छ । पछिल्ला दुई दिनमै आठ वटा अध्यादेश ल्याइसकेको ओली सरकारले फेरि अर्काे अध्यादेश ल्याउन लागेको छ ।
हिजोमात्र राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्। संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले मंगलबार सात वटा अध्यादेश जारी गरेकी थिइन । यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेको थियो ।
यसैबीच सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने भएको छ । आज बस्ने मन्त्रिपरिषदको बैठकले दल विभाजनसम्बन्धिको अध्यादेश ल्याउने तयारी गरेको स्रोतको दावी छ । मन्त्रिपरिषदको नियमित बैठक अपरान्ह ५ बजे बस्दै प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । जसपाभित्रको बिवादलाई ध्यानमा राखेर अध्यादेश ल्याउन लागेको बताइएको छ ।