प्रतिनिधिसभा बैठक : ‘मधेसलाई सङ्कटग्रस्त र सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र राज्यको दायित्व पुरा हुँदैन’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेस प्रदेशमा तत्काल पिउने पानीको आपतकालिन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराएका छन्।
Advertisement 1
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै उनले मधेस प्रदेशलाई विपद सङ्कट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गरे।
मधेसमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराएका उनले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
Advertisement 2
“सिँचाइको अभाब र खानेपानीको अभाबमा बाचिरहेका मधेसका नगरिकको समस्यामा सरकार रमिते बनिरहेको छ”, सांसद श्रेष्ठले भने, “पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन। नयाँ डिप बोरिङको राजनीतिकले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाइै राहत मिल्ला तर मधेसका जनतालाई अन्य ७ जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन।”
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकले मधेस प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको थियो। त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
Advertisement 3
नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेसमा पानीको अभाबसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिईन्।
“सुख्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन। त्यहाँका जनताले खानेपानी पाएका छैनन्। खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्यो”, उनले भनीन्, “बजेट रकमान्तर गरेर भएपनि मधेसमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु।”
नेकपा(माओवादी केन्द्र)का सांसद बिमला सुवेदीले रसुवाको नौकुण्ड गाउपालिकामा २ बालिकाको शंकास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानार्कषण गराइन्।
बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले डेङ्गी सङ्क्रमण बढन थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभाबकारी बनाउन सम्बन्धीत निकायको ध्यानार्कषण गराए।
सभामुखमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराउदै उनले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेपर्नेमा जोड दिए।
सांसद गैरेले पाल्पा जिल्लामा नसर्ने रोगहरु मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीको सङ्ख्या बढेकातर्फ सचेत गराए। गुणस्तरहिन खाद्यवस्तुको उत्पादन र वितरण, धु्रमपान नियन्त्रण, खाद्य बालीमा अत्याधिक विषादी प्रयोग रोक्न र वातावरण प्रदुषण न्यूनीकरण गर्न सरकारसँग विशेष पहलको लागि माग गरे।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताए। उनले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानार्कषण गराए।
“६९ जना कर्मचारीले नगरपालिका घेराउ कार्यक्रम निरन्तर चलाएका छन। नौ महिनादेखि पारिश्रमिक र पुर्नबहालीको माग राखेर घेराउ गरिरहनुभएको छ। सम्बन्धीत नियकालाई न्यायीक कार्य थाल्नुपर्छ”, सांसद बरालीले भने।
नेपाली कांग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनको बढदो जोखिमबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए। अमेरिकाको लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरुको अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्न समेत माग गरे।
नेकपा(एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुईन विस्थापन, किसानलाई मल र मधेसमा पानीको आपत्कालिन व्यवस्थापनलगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराए। उनले मन्त्रीहरुको सम्पक्ति सार्वजनिक गर्न माग गरे।