प्रदेश प्रमुखद्वारा २ विधेयक प्रमाणीकरण

बागमती। वाग्मती प्रदेशसभाबाट पारित २ वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन्।

Advertisement 1

प्रदेशसभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रदेश प्रमुख देवकोटाले बुधबार प्रमाणीकरण गगरेका हुन्।

दुवै विधेयक यही असार २३ गते बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो।

प्रकाशित :२०८२ श्रावण २, बिहीबार ११:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry