उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

सुर्खेत। उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ।
Advertisement 1
मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभारमा लाइन विस्तारका क्रममा उत्पन्न अवरोध न्यायालयको निर्णयपछि हटेकाले लाइन विस्तार गर्न सहज भएको हो।
आयोजनाको काम ६ महिनाभित्र पूरा गर्नेगरी काम अघि बढाइएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारआयोजनाका प्रमुख रवि चौधरीले बताए। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाको विवाद पनि समाधान भएको छ।
Advertisement 2
हालसम्म आयोजनाको ९५ प्रतिशत प्रगति हासिल भएको छ। ७० करोड लागतको उक्त आयोजनाअन्तर्गत धमाधम रूख कटान भइरहेको छ। हालसम्म ५ हजार रूख काटिएका छन्भने अझै ५ हजार ५ सय रूख काट्नुपर्नेछ। आयोजना प्रमुख चौधरीका अनुसार १ सय ५६ फाउन्डेसन निर्माण गरिएको छन्भने अब ६वटा फाउन्डेसन निर्माण गरिने छन्। हालसम्म ४० किलोमिटर तार तानिएको छ। अब १२ किलोमिटर तार तान्न बाँकी छ।