२ वटा व्यापारिक फर्ममाथि कारबाही

काठमाडौं। गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको तथा रिलेबलिङ गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा व्यापारिक फर्ममाथि कारबाही गरेको छ। विभागले श्रीराम टोबाको उद्योग प्रालिलाई रु ३ लाख बराबरको जरिवाना गरेको छ।
Advertisement 1
यस्तै, एसवीएल प्रोफेसनल प्रालिलाई रु २ लाख ५ हजार बराबरको जरिवाना गरेको विभागले जनाएको छ। अधिकतम खुद्रा मूल्य नराखी बिक्री वितरण गरेको पाइएपछि कारबाही गरिएको विभागको भनाइ छ।
विभागले उपलब्ध गराएको विवरण अनुसार ७ वटा फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। त्यस्तै, काठमाडौं र ललितपुरका ५ वटा फर्मलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिमआवश्यक निर्देशन एवम् कारबाही गरिएको जनाएको छ। विभागले असार ३१ गते ९, ३० गते पनि समान ९ वटा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ। केहीलाई सामान्य निर्देशन दिइएको छ भने केहीलाई कागजातसहित आउन भनेको छ।
Advertisement 2
यस्तै, असार २९ गते ९, असार २७ गते ५,असार २६ गते १६, असार २५ गते ११ वटा फर्ममा अनुमगन गरी आवश्यक कारबाही गरिएको जनाएको छ।