‘संघीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ’

काठमाडौं। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताएका छन्।

Advertisement 1

लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्तीका अवसरमा आयोजित समारोहमा उनले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद् बैठकमा पेस गर्ने जानकारी गराएका हुन्।

सभापति खतिवडाले नेपालमा प्रजातन्त्रको स्थापनासँगै विधिको शासन र योग्यतामा आधारित कर्मचारीको व्यवस्थापन गर्न लोक सेवा आयोगको स्थापना भएको बताउँदै आयोगका कामकारबाही अहिलेका पुस्ताका लागि पनि पे्ररणादायी भएका उल्लेख गरे।

Advertisement 2

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको इतिहास र कामकारबाहीका बारेमा जानकारी गराउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत कर्मचारी छनोट गर्दै आएको बताए।

उनले आयोगले निजामती कर्मचारीका साथै पछिल्लो समय सुरक्षा निकाय र संगठित संस्थाका लागि भर्ना प्रक्रियाका काम गर्दै आएको भन्दै कार्यक्षेत्राधिकार वृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गरेकोे उल्लेख गरे।

प्रकाशित :२०८२ असार १, आईतवार १५:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry