पर्यटन, संस्कृति र शान्तिको सन्देश

सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो–‘पर्यटनलाई समृद्धिको आधार बनाउने।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि २०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो। सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छविलाई संसारभरका पर्यटकसम्म पु¥याउन स्थापनादेखि नै बोर्डले विभिन्न क्रियाकलाप गर्दै आएको छ।
Advertisement 1
केबल गन्तव्यको प्रवद्र्धनमा मात्र सीमित नरही बोर्डले हिमालको शान्ति, जंगलको रहस्य र संस्कृतिको मिठासलगायतका नेपाली सम्पदाका आत्मालाई विश्वसामु पस्किने गरी काम गरिरहेको छ। कुनै समय ठमेलका गल्ली र पोखराको लेकसाइडमा मात्र झुम्मिने विदेशी पर्यटक यतिबेला नेपालका कुनाकुनासम्म पुग्ने थालेका छन्। पहिले तीर्थाटनमा मात्र घरबाहिर जाने गरेका नेपालीमा अहिले विभिन्न स्थानमा आन्तरिक पर्यटकको रुपमा घुमफीर गर्ने प्रचलन बढेर गएको छ।
नेपाल पर्यटन बोर्डको प्रयासमा नयाँ गन्तव्य उजागर भइरहेका छन्, पुराना कथालाई नयाँ स्वादमा पस्कने क्रम जारी छ। बौद्ध तीर्थयात्रीको चित्तशान्तिको कामना होस् वा साहसिक हिमाली पदयात्रामा रमाउने युवा नै किन नहुन्, सबैका पाइला नेपाली भूमिको स्पर्श गर्न लालायित छन्। जहाँ प्रत्येक पाइलाले एउटा कथा बोल्छ, प्रत्येक दृश्यको स्मरणले मात्र पनि मन प्रशन्न हुन्छ। यो केबल पर्यटनको यात्रा मात्र होइन, नेपाललाई फर्कीफर्की हेर्न चाहने मनको सम्मिलन पनि हो। पर्यटकमा त्यही मनोभाव बगाइरहने वातावरण सिर्जना गर्दै बोर्डले निरन्तर आफ्ना योजना बनाइरहेको छ, नीतिहरूमा सुधार गरिरहेको छ र समयानुकूल रणनीति र क्रियाकलाप परिवर्तन गरिरहेको छ। बोर्डका लागि पर्यटन केवल ‘गन्तव्यको व्यापार’ मात्र होइन, यो त विचार, संस्कृति र संवेदनाको अन्तरराष्ट्रिय संवाद पनि हो। यही सन्देश लिएर बोर्ड सन् २०२५ को मार्च ८ र ९ मा अमेरिका, डेनभर (कोलोराडो) मा सम्पन्न ‘ट्राभल एण्ड एड्भेन्चर शो २०२५’ मा सहभागी भयो। दुई दिनसम्म चलेको यस भव्य मेलामा २५० भन्दा बढी अन्तरराष्ट्रिय पर्यटन व्यवसायी सहभागी भए, जहाँ ११ हजारभन्दा बढी आगन्तुकले नेपालका गन्तव्यलाई आँखामा अँगाले।
Advertisement 2
अमेरिकामा मात्र होइन, आइटिबी बर्लिनमा सहभागी भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई वर्षको उत्कृष्ट पर्यटनमन्त्रीको उपाधिबाट सम्मानित गरियो। पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा फ्रान्स पुगेको नेपाल पर्यटन बोर्डको प्रतिनिधिमण्डलाई त्यहाँको सरकारले नेपाली पुरातात्विक सम्पदा फिर्ता गर्ने प्रतिबद्धतासमेत दियो। विभिन्न कालखाण्डमा चोरी–तस्करीबाट फ्रान्स पु¥याइएका नेपाली ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम जारी छ। युरोपका विभिन्न मुलुक पुगेर नेपालका गन्तव्य, नेपाली कला–संस्कृति र खान्की तथा आतिथ्यता प्रवद्र्धनमा लागिरहेको बोर्डले युद्ध लडिरहेको रुस पुगेर शान्तिको कामना ग¥यो। रुसी नागरिकलाई युद्धबाट पर पुगेर बुद्धको जन्मस्थल, संसारको सबैभन्दा उचो शिखर सगरमाथा हेर्न निमन्त्रणा दियो। बोर्डले संसारका हरेक कुनामा पुगेर नेपालको आत्मा संसार सामु खोलेर देखाउने प्रयत्न जारी राखेको छ। जहाँ हिमालका कुरा मात्र हुँदैनन्, शान्तिका सन्देश पनि प्रसार भइरहेका हुन्छन्।
अमेरिका र युरोपका पर्यटकको लागि साहसिक हिमाली यात्राको आकर्षण बनाएको नेपाललाई बोर्डले म्यानमार, थाइल्यान्डजस्ता बौद्ध बहुल राष्ट्रका लागि ’लुम्बिनीको शान्ति सन्देश’को केन्द्रमा रह्यो। छिमेकी भारत र चीनका लागि नेपालले धार्मिक सहिष्णुता र बहुसांस्कृतिक सौन्दर्यको उदाहरण त प्रस्तुत गरिरहेकै छ, संयुक्त अरब इमिरेट्सलगायतका मुस्लिम मुलुकमा पनि नेपाली धार्मिक सहिष्णुता र संस्कृतिको प्रवद्र्धन गरिरहेको छ। नेपाली खानाको स्वाद चखाउने, नेपाली कलाको विविधता प्रस्तुत गर्ने जिम्मेवारी बोर्डले निरन्तर निर्वाह गर्दै आइरहेको छ। अन्तररष्ट्रिय जगतमा नेपालको यो सहभागिता केबल ‘डेस्टिनेसन शोकेसिङ’मा सीमित रहेन, नेपालले पर्यटनमार्फत संवादको वातावरण पनि सिर्जना ग¥यो। बोर्डले विश्वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवादजस्ता अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट–पावर’ मार्फत् देशको सामथ्र्यसमेत प्रस्तुत गरिरहेको छ। बोर्डले विदेशमा गएर कार्यक्रम त गर्छ नै, विदेशीलाई नेपाल बोलाएर पनि कार्यक्रम उतिकै संख्यामा गरिरहेको छ। बोर्ड विदेशी पाहुनालाई स्थानीय गन्तव्यमा पु¥याउने काममा पनि निरन्तर लागिरहेको छ। साथै, ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पनि विभिन्न प्रदेशमा ट्राभल मार्ट गर्नेदेखि गाउँ पर्यटन मार्टकोसमेत अवधारणामानिरन्तर काम गर्दै यसका सम्भावना उजागर गर्ने र चुनौती चिर्ने विषयमा बहस गर्दै आएको छ।
Advertisement 3
पछिल्लो तीन महिनामा बोर्डले स्वदेश तथा विदेशमा पाँच दर्जनभन्दा बढी पर्यटन प्रवद्र्धनका कार्यक्रम गरिसकेको छ। नेपाल सरकारको पहलमा भएको सगरमाथा संवादको व्यवस्थापन गर्ने र पर्यटनमा जलवायु परिवर्तनले पारेको असरबारे बोर्डले छलफल गराएको छ। सगरमाथा संवाद केबल सम्मेलनमा मात्र सीमित बनेन, जलवायु न्याय, सामाजिक समावेशीता र पर्यटनबारे पुनःविचार गर्ने बहसको फोरम पनि बनेको छ। जलवायु परिवर्तनले पर्यटकीय क्षेत्रमाथि पारेको प्रत्यक्ष असरबारे बहस भएको छ। वायु प्रदूषणले नेपाल छवि र हिमालको सुन्दरतालाई छोपिदिँदा पर्यटन उद्योगले भोग्नुपरेको पीडालाई र आगामी रणनीतिबारे पनि बोर्डले सरोकारवाला निकायसँग छलफल गराएको छ। बोर्डले नेपालको पर्यटन क्षेत्रमा महिलाको भूमिका र प्रविधिले सिर्जना गरेका समस्या र सहजताका विषयमा पनि बहस र छलफल गराएको छ।
यसले सरकारलाई दीर्घकालीन नीति र योजना बनाउन सुझाव दिने कामसमेत गरेको छ। सरकार र निजी क्षेत्रबीच सेतुको रूपमा काम गर्दै आएको छ, बोर्डले कहिले सगरमाथाको आधार शिविरमा पुगेर आरोही, टुर गाइड, भरिया र आरोहणसँग सम्बन्धित व्यक्ति र निकायका समस्या सुन्ने गरेको छ,भने कहिले सात समुद्रपारी गएर विदेशीलाई नेपाल घुम्न उत्प्रेरित गरिरहेको छ। भुटानमा सम्पन्न ’ग्रामीण पर्यटनमा दक्षिण एसियाली महिला सम्मेलन’मा सहभागी भएर बोर्डले नेपालको महिला–नेतृत्वमा आधारित होमस्टे प्रणाली, ग्रामीण महिलाको स्वरोजगार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने मोडेल प्रस्तुत ग¥यो। जसमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानका महिला नेतृ र विज्ञहरूबीच बहस भएको थियो। शान्तिका दूत गौतमबुद्धको जन्मस्थान नेपाल भएकाले बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बिआइटीएम) गर्दै विश्व शान्तिको कामनासमेत बोर्डले गरिरहेको छ। २०२५ मे २३ देखि २५ सम्म काठमाडौँ र लुम्बिनीमा आयोजना भएको छ। बिआइटीएममार्फत् नेपालले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएको छ। मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरिएको छ।
त्यसैगरी, जुन महिनाको पहिलो साता हिमालय ट्राभल मार्ट गर्ने भएको छ। बिआइटीएम धर्म र शान्तिका लागि पर्यटन प्रवद्र्धन गर्ने माध्यम हो भने, हिमालयन ट्राभल मार्ट (एचटीएम) साहस, सांस्कृतिक मिश्रण र हिमालप्रतिको आकर्षणको आह्वान हो। यसमा साहसिक पर्यटनका लागि नेपाललाई पूर्वाधार, सेवा र सुरक्षा दृष्टिले सक्षम गन्तव्यका रूपमा चिनाउने लक्ष्य लिएको छ। नेपाल पर्यटन बोर्डले डिजिटल रूपमा पर्यटन सेवा प्रदायक, अन्तरराष्ट्रिय खरिदकर्ता र मिडियालाई जोड्ने सञ्चार प्लेटफर्म विकास गरेको छ। यहाँबाट बिटुबी सञ्जाल निर्माण, टुर प्याकेज प्रवद्र्धन, क्यालेन्डर कार्यक्रम र ट्रेड म्याटेरियल उपलब्ध गराउने गरेको छ। आजको नेपाल केबल सगरमाथा आरोहण, पदयात्रा वा साहसिक पर्यटनको गन्तव्यमा मात्र सीमित छैन। नेपाललाई संवेदनशील, जिम्मेवार र अनुभवमा आधारित पर्यटनको अन्तरराष्ट्रिय नेतृत्व गर्न सक्षम बनाउने रणनीति अख्तियार गरिएको छ। भूगोल, वेषभूषा, भोजन र भावना–यी सबै नेपालका सम्पत्ति हुन्। संस्कृति र प्रकृतिको अनुपम केन्द्र नेपालका यिनै सम्पदालाई बोर्डले अन्तरराष्ट्रिय जगतमा प्रस्तुत गर्दै पर्यटकीय राष्ट्रको छवि निर्माण गरिरहेको छ। हिजोको ’पर्यटकीय गन्तव्य’ आजको ’नीतिगत बहसको मञ्च’ बनिसकेको छ।
यसबीचमा सगरमाथा आरोहणको ७२औँ वर्ष पूरा भएको अवसरमा आयोजित सगरमाथा दिवसमा नेपाल पर्यटन बोर्डले ‘वल्र्ड समिटर्स समिट’ को आयोजना गरेको छ। यसमा सगरमाथा आरोहण गरेका र सगरमाथा क्षेत्रमा काम गरिरहेकालाई एउटै मञ्चमा ल्याएर हिमाल आरोहणका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर र जिम्मेवार बहस चलाएको छ। नेपाल सरकारले नेपालको पर्यटन नीति सुधारका लागि ‘राष्ट्रिय पर्यटन संवाद’ सञ्चालन गरेको छ। बोर्डको समन्वयमा गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै नीति सुधारका लागि सरोकारवाला निकायको सुझाव महत्वपूर्ण भएको र सुझाव अनुसार नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बोर्ड अब एउटा संस्थामा मात्र पनि सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ– जहाँ गन्तव्यहरू बोल्छन्, संस्कृति गुञ्जिन्छ, र प्रत्येक आगन्तुकको हृदयमा सधैँका लागि नेपाल बस्न थाल्छ। आखिर, जुन देशका आकाशमा सगरमाथा मुस्कान बन्न उभिन्छ, त्यो देशको पर्यटन सपना मात्र होइन, विश्वलाई देखाउने सन्देश हुन्छ– शान्ति, संस्कृति र संवेदनाको सुन्दर संवाद।
(नेपाल पर्यटन बोर्डमा आबद्ध कार्कीको यो लेख राससबाट लिइएको हो।)