कतिमा हुँदैछ आइतबार सुनको कारोबार?

काठमाडौं। आइतबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो।
Advertisement 1
आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ८८ हजार ५ रुपैयाँका दरले भएको थियो।
त्यस्तै शुक्रबार प्रतितोला १९ सय ८० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबार प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८२ जेष्ठ १९, आईतवार ११:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%