स्थानीय तहको संख्या घटाउन माग

काठमाडौँ। सांसद रुक्मिणी कोइरालाले राज्यको खर्च कटौती गर्दै मितव्ययी बन्नका लागि हाल कायम रहेको स्थानीयको संख्या घटाउन माग गरेकी छन्। राष्ट्रियसभाको आजको बैठकमा उनले मौजुदा ७५३ बाट घटाएर ५५३ वटा स्थानीय तह कायम गर्न माग गरिन्।

Advertisement 1

बैठकमा कोइरालाले संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन्।

उनले समतामूलक समाज निर्माणका मौलिक हकको प्रत्याभूत गर्नुपर्ने बताइन्। ‘संविधानको १६ देखि ४७ धारासम्म मौलिक हकको व्यवस्था गरेको छ। तर ती मौलिक हकको कार्यान्वयनको अवस्था कस्तो रहेको छ? भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको छ,’ कोइरालाले भनिन्।

प्रकाशित :२०८२ जेष्ठ १५, बुधबार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry