भारत-पाकिस्तान युद्धविराम : सामान्य बन्दै जनजीवन

काठमाडौं। यही मे ७ तारिखदेखि अघोषित युद्ध सुरु भएपछि त्रसित भारत–पाकिस्तानका सीमावर्ती क्षेत्रको जनजीवन सामान्यतर्फ फर्किन लागेको छ।

Advertisement 1

अमेरिकाको पहलमा शनिबार साँझदेखि युद्धविराम भएसँगै दुई देशबीचका सीमा क्षेत्रको जनजीवन सामान्यतर्फ फर्किन लागेको हो।

बिबिसीका अनुसार दुई देशका सीमा क्षेत्रका बासिन्दाले युद्धराम नै चाहेको भन्दै अब युद्ध हुन नपर्ने याचना गरिरहेका छन्।

Advertisement 2

भारतीय पत्रिका दैनिक भास्करले पाकिस्तान युद्धका कारण सीमा क्षेत्रका बासिन्दा घरबाबिहीन बनेका बताएको छ। छोटो समय चलेको युद्धका कारण भौतिक संरचनामा निकै क्षति पुगेको उल्लेख गर्दै स्थानीयले क्षतिको भर्पाई माग गरेको दैनिक भास्करले उल्लेख गरेको छ।

यसअघि गत २२ अप्रिलमा भारत प्रशासित काश्मिरको पहलगाममा चरपन्थीको आक्रमणमा परी २६ जनाको ज्यान गएपछि भारतले त्यसको दुई सातापछि गत बुधबार (मे ७ तारिख) पाकिस्तानमा क्षेप्याश्त्र प्रहार गरेको थियो। त्यसपछि भारत र पाकिस्तानबीच निकै बढेको थियो।

Advertisement 3

शनिबार दिउँसो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानसँग कुरा गर्दै युद्धविरामका लागि मध्यस्तता गरेको बताएका थिए।

त्यसको केही घन्टामै पाकिस्तानी विदेश मन्त्रालय तथा भारतीय विदेश मन्त्रालयले पनि युद्धविरामका लागि सहमती भएको बताएका थिए।

प्रकाशित :२०८२ बैशाख २८, आईतवार १२:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम