१ लाख ९७ हजार ९ सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य करिब ७ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार ६ हजार ९ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
Advertisement 1
मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ। यसअघि सोमबार सुनको कारोबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँका दरले भएको हो।
त्यस्तै मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ। सोमबार चाँदीको कारोबार प्रतितोला १९ सय ६० रुपैयाँका दरले भएको थियो।
									
										प्रकाशित  :२०८२ बैशाख ९, मंगलवार १०:५९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

