प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता

पोखरा। प्रभु बैंक र पोखरा महानगरपालिका वडा–९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच सम्झौता गरिएको छ। दुईपक्षीय सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।
Advertisement 1
कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।
उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन्।


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                