लगानीको वातावरण बनाउन नीतिगत सुधार : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको ५५औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसमा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताएका छन्।

Advertisement 1

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताए।

‘हामी निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेका छौँ,’ उनले भने, ‘सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको छ। औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत् आपूर्तिमा सुधार, सडक र यातायातको विकास तथा सूचना प्रविधिको विस्तारलाई उच्च प्राथमिकता दिइएको छ।’

Advertisement 2

उक्त व्यवस्थाले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्याउने उनको भनाइ छ। मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको मन्त्री भण्डारीको भनाइ छ।

प्रकाशित :२०८१ चैत्र २८, बिहीबार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry