सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं। निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँका दरले कारोबार भएको सुन आइतबार प्रतितोला ६ सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम भएको हो।
Advertisement 1
आइतबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला रू १५ घटेर रू दुई हजार २५ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८१ चैत्र १७, आईतवार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%