मधेशी निजामती कर्मचारी मञ्चको महाधिवेशन सुरु

जनकपुरधाम। नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।
‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन ३ दिनसम्म चल्ने छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब ३ सय निजामती कर्मचारीको सहभागिता रहेको छ ।
Advertisement 1
सो महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिए । विसं २०६२/ ६३ को आन्दोलन पश्चात् सुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका लागि मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।