नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं। अर्थ सचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषले देशको अर्थतन्त्रमा योगदान पु¥याउने कार्य गर्नुपर्ने बताएका छन्। नागरिक लगानी कोषको ३५औं वार्षिकोत्सव कार्यक्रममा उनले कोषले अर्थतन्त्र सुधारमा योगदान पुर्याउने गरी काम गर्नुपर्ने बताएका हुन्।

Advertisement 1

कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका र उत्पादनशील क्षेत्रमा प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनु पर्नेमा उनले जोड दिए।

आम नागरिकलाई कसरी कोषमा आवद्ध गराउने भन्नेतर्फ कोषले काम गर्नुपर्ने बताउँदै उहाँले सामाजिक सुरक्षाको क्षेत्रमा कोषले थप कार्य गर्नुपर्ने उनले बताए। कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले उच्च आर्थिक विकासमार्फत मात्रै समाजमा देखिएको विद्यमान बेरोजगारीको अन्त्य गर्न सकिने भन्दै दिगो विकास र स्थायित्वमा जोड दिए। आगामी दिनमा देशको आर्थिक वृद्धिदरमा टेवा पु¥याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्दै लैजानुपर्ने उनको भनाइ थियो।

Advertisement 2

कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक बर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजनाहरु सफलता पूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनले बताए।

वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तन्व्य राख्दै कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले २ करोड ४४ लाख रुपैयाँको चुक्ता पुँजीबाट सुरु भएको कोषको अहिले चुक्ता पुँजी ६ अर्ब ४८ करोड १७ लाख पुगेको बताए।

Advertisement 3

कोषमा आवद्ध करिब ७ लाख सहभागीलाई ध्यानमा राखेर सरल र झन्झट रहित सेवा र कोषको हिसाव किताव चुस्त दुरुस्त राख्न अटोमेसन र डिजिटलाइजेसनलाई कोषले प्राथमिकतामा राखेको उनले बताए।

प्रकाशित :२०८१ चैत ५ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]