भारतको केआईआईटीमा नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कर्मचारी निलम्बनमा

काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरिएको छ। छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक छानबिन थालिएको छ।
Advertisement 1
अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्णअनुसन्धान नभएसम्म निलम्बन गरिएको बताइएको छ। क्याम्पस कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
यसअघि क्याम्पसमा आइतबार नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएपछि नेपाली विद्यार्थीले मृत्युको सत्यथत्य छानबिनको माग गर्दै आन्दोलन गरेका थिए।
Advertisement 2
त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई समेत कलेज छाडेर निस्कन सूचना जारी गरेको थियो। त्यसको व्यापक विरोध भएपछि कलेज प्रशासनले कलेजमा विद्यार्थीलाई फर्काउन पहल थालेको छ।