१२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो।
Advertisement 1
सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ८ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँका दरले भएको थियो।
सोमबार चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ। आइतबार चाँदीको कारोबार प्रतितोला १९ सय ५५ रुपैयाँका दरले भएको थियो।
प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार १०:३५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%